
काठमाडौं, १९ वैशाख । काठमाडौंको बबरमहलमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालक डडेलधुरा घर भइ काठमाडौंको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे ज्यान गएको हो ।















प्रतिक्रिया