
काठमाडौं, १८ वैशाख। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रहरी महानिरिक्षक (आईजी) नियुक्ति प्रक्रियाको बिरोध गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सरकारको यो प्रक्रियाले प्रहरी संगठनलाई विवादमा तानेको उल्लेख गरेका छन्।
वरियता र प्रक्रिया मिचिएको भन्दै कोइरालाले आपत्ति जनाएका हुन्।
वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।— Dr Shekhar Koirala (@Shekharnc) May 1, 2022















प्रतिक्रिया