
काठमाडौं, १८ वैशाख। नेपाल प्रहरी प्रमुखको जिम्मेवारीमा धीरजप्रताप सिंहलाई सरकारले नियुक्त गरेसँगै केही कानुनी दाउपेचका खेलबारे टिप्पणी सुरु भएका छन्। तर, कमान्ड सम्हालिसकेका सिंह भने प्रहरी कर्ममा नाम जस्तै ‘सिंह’ हुन्।
कतिपयले उनको आगामी कमान्डिङले नेपाल प्रहरीमा पूर्व महानिरिक्षक (आईजी) अच्युतकृष्ण खरेलको तिर्सना मेटाउन सक्ने अनुमान गरेका छन्। सिंहको व्यक्तित्व शालिन र पुलिसिङ आक्रामक छ।
प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) भएपछि उनको खरेलसँग भेट भएको थियो। खरेललाई अहिले पनि नेपाल प्रहरीको सम्झनलायक आईजीका रुपमा व्याख्या गरिन्छ।
उनले पहिलो चरणमा मुखैमा रहेको स्थानीय चुनावको सुरक्षामा जोड दिने बताइन्छ। सिंहले चुनावलगत्तै कस्तो संगठन भन्ने मार्गचित्रलाई प्रस्तुत गर्ने तयारी गरेका छन्।
प्रहरी कर्ममा उनले अपराध अनुसन्धान र त्यसको निर्मूलीकरणमा नै ठूलो योगदान गरेको ट्रयाक रेकर्ड छ। आईजी नियुक्ति पूर्व पनि उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए।
त्यसअघि प्रदेश २ प्रहरी कार्यालय प्रमुख रहँदा अपराधमाथि कडा निगरानी गरेका कमान्डर रहेका सिंहले डीआईजी हुनुअघि अपराध अनुसन्धान महाशाखालाई चलायमान बनाएका थिए।
‘आईजी सिंह फिल्डमा आफैं उत्रिँदा पनि प्रभावकारी काम गर्ने व्यक्ति हुन्। प्रहरी संगठनलाई गतिशील बनाउनका लागि उहाँको भूमिका प्रभावकारी हुनेछ’, उनीसँग काम गरेका अधिकारीहरू भन्छन्,‘संगठनमा सुधारको मात्र होइन, कामको आँकडा नै आउने अवस्था अब हुनेछ।’
यो पनि पढ्नुहोस्















प्रतिक्रिया