
काठमाडौं, १८ वैशाख। सशस्त्र प्रहरी महानिरिक्षक (आईजी)मा राजु अर्याललाई सरकारले नियुक्त गरेको छ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा हालै मात्र बढुवा भएका उनलाई आईजी नियुक्त गरिएको हो।
मन्त्रिपरिषदको आइतबारको बैठकले नेपाल प्रहरीमा भने धीरजप्रताप सिंहलाई आईजी नियुक्त गर्ने निर्णय गरेको छ।











प्रतिक्रिया