
काठमाडौं, १८ वैशाख। नेपाल प्रहरीको महानिरिक्षक (आईजी)मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई प्रहरी अतिरिक्त महानिरिक्षक(एआईजी)बाट आईजीमा बढुवा नियुक्ति गरेको हो।
आईजीका निम्ति चार जना प्रतिस्पर्धामा थिए। तेस्रो वरियतामा रहेका सिंह आईजी भएका हुन्। उनीअघि एआईजी विश्वराज पोखरेल र सहकुल थापा प्रतिस्पर्धामा थिए।















प्रतिक्रिया