६ कार्तिक २०८३, शुक्रबार

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

प्रि–मनसुन अर्थात् मनसुन पूर्वको अवस्था सक्रिय हुँदा अस्ति बेलुकीदेखि नै विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज विशेषगरी देशका पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । तराईका भूभागमा भने थोरै मात्र पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको केही ठाउँमा वर्षा हुने बताइएको छ ।

मनसुन पूर्वको अवस्था अझै केही दिन सक्रिय हुने भएकाले बिहान एकैछिन मौमस खुले पनि विस्तारै बादल लागेर पानी पर्ने मौसमविदले बताएका छन् ।