
काठमाडौं, १८ वैशाख । समाजमा शान्तिसुरक्षा कायम गर्न तैनाथ म्यादी प्रहरीबाटै एक जना किशोरी बलात्कृत भएकी छिन् ।
कैलालीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना म्यादी प्रहरीलाई पक्राउ गरिएकोे छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट छन् ।
कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करीब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएपछि विष्ट पक्राउ गरिएको हो ।















प्रतिक्रिया