६ कार्तिक २०८३, शुक्रबार

काँग्रेसले देशभर एकल आमसभा गर्दै, के गर्छन् अन्य गठबन्धन दल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले एक्लै देशका विभिन्न स्थानमा आमसभा गर्ने भएको छ ।

कांग्रेसले सात वटै प्रदेशमा आमसभा गर्ने कार्यतालिका समेत प्रकाशित गरिसकेको छ । तालिका अनुसार वैशाख २१ गते मोरङ, वैशाख २२ गते धनुषा, वैशाख २३ गते काठमाडौं, वैशाख २४ गते कास्की, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ गते कैलालीमा कांग्रेसले आमसभा गर्ने छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । यो सँगै पाँच दलीय गठबन्धनको प्रमुख दल काँग्रेसले एकल आमसभा गर्ने बाटोबाट अगाडि बढेको छ ।

सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।