
काठमाडौं, १७ वैशाख। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका कलाकार बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन्।
नयाँ पुस्तामाझ चर्चामा रहेका शाहलाई निर्वाचन आयोगले लौरो चुनाव चिन्ह दिएको हो।
यस्तै सत्ता गठबन्धनको बागीका रुपमा भरतपुर महानगरपालिकामा मेयर पदमा उठेका नेता जगन्नाथ पौडेलले भने भुइँकटहर चुनाव चिन्ह पाएका छन्।
उम्मेदवारी फिर्ता नलिँदा उनलाई कांग्रेसले साधारण सदस्यबाट समेत हटाएको छ।















प्रतिक्रिया