५ कार्तिक २०८३, बिहिबार

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोकस्थित पावरहाउस शाखाको शुक्रबार एक समारोहका बीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्त रुपमा उद्घाटन भएको छ ।

कार्यक्रममा बैंकका संचालक लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु प्नि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानीय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानीय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिए ।

बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।