५ कार्तिक २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकका ग्राहकले आँगन रेष्टुराँ एण्ड थकाली घरमा छूट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुराँ एण्ड थकाली घरबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुराँ तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।