६ कार्तिक २०८३, शुक्रबार

क्यूआर कोड प्रयोगबाटै ट्राफिक जरीवाना तिर्न सकिने, यसरी लिन सकिन्छ सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरीवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ ।

उक्त सुविधाका लागि ट्राफिक प्रहरीले क्यू आर स्क्यान, पे फाइन एण्ड विथड्र डकुमेण्ट सुविधाको थालनी गरेको छ । यो सेवासँगै अब काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंकबीचको सहकार्यबाट यो प्रविधि जडान गरी जरीवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीचयो सेवा शुभारम्भ गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै जरीवाना रकम तिर्न बैङ्क खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको विश्वास ट्राफिक महाशाखाको छ ।

कसरी लिने त यो सेवा ?

यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नं. ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टम (टीभीआरएस) बाट क्यूआर कोड जेनेरेट गरिमनिटरमा डिसप्ले गरिन्छ र उक्त क्यूआर कोडडिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसन मार्फतस्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानी पश्चात तत्कालै आफ्नो कागजपत्र लिन सक्ने छन् ।

यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

यस अघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना रकम अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भईसकेको र त्यस प्रणालीलाई थप समयानुकुल रप्रभावकारी बनाउन परिष्कृत गरी यो क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था शुरू गरिएको हो ।