५ कार्तिक २०८३, बिहिबार

बिजबजारमा मातातीर्थ औँसीलक्षित गज्जबको डिस्काउन्ट अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपालका साना तथा मझौला उद्यमहरू (एसएमईज) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ एपले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ ।

आफ्ना सन्तानहरूको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि स–साना खुशीहरूको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने यस शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छूट उपलब्ध गराउन कम्पनीले उक्त अफर ल्याएको जनाएको छ ।

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्त्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीहरूले बिजबजार मार्फत आफूले चाहेको ठेगानामा डेलिभरी समेत गराउन सक्ने छन् । साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूले बिजबजारबाट सामान खरीद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत पाउने कम्पनीको भनाइ छ ।

यो अवसरमा बिजबजारबाट विभिन्न आकर्षक उपहारहरू खरिद गर्दा मूल्यमा गज्जबको अफर प्राप्त गर्न सकिने छ । आमाहरूको मुहारमा मुस्कान ल्याउनको लागि बिजबजार मार्फत उपहारहरू खरीद गरी गज्जबको छुटलाई सदुपयोग गरी खुसीका साथ मातातीर्थ औँसी मनाउन आग्रह समेत गरिएको छ ।