६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसबाट विद्रोही उम्मेदवार बनेकाको प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसबाट विद्रोही उम्मेदवार बनेकाहरूको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने भएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समयभित्र फिर्ता लिइसक्न निर्देशन दिँदै पार्टीले निष्काशनको चेतावनी दिएको हो ।

‘निर्वाचन आयोगले तोकेको समय आज वैशाख १६ गते शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयले आज शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।