
काठमाडौं, १६ वैशाख । कोरोना संक्रमणका कारण विश्वभर दैनिक मृत्यु हुनेको संख्या एक हजार भन्दा तल पुगिसकेको भए पनि पछिल्लो केही दिनयता यो संख्या क्रमशः बढ्न थालेको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस संक्रमणबाट २ हजार ५२४ जनाको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई हजार ५९४ जनाको मृत्यु भएको थियो । अघिल्लो दिनको तुलनामा केही कमी देखिए पनि समग्रमा मृत्युदर बढ्दै गएको छ ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख २४ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । तथ्यांक अनुसार हालसम्म ५१ करोड २० लाख ६९ हजार १९८ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ४६ करोड ५८ लाख २५ हजार १५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यस्तै हालसम्म कोरोना संक्रमणबाट ६२ लाख ५५ हजार ८६१ जनाको ज्यान गइसकेको छ । हालसम्म विश्वभर ३९ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४१ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ लाख ३० हजार ७७५ संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । २४९ सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ७९३ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ६६ हजार ५९३ जना संक्रमित निको भइसकेका छन् ।















प्रतिक्रिया