
काठमाडौं, १६ वैशाख । तीन वटा सामान्य मौसमी प्रणालीका प्रभावका कारण आजदेखि मुलुकभर पानी पर्ने क्रम बढ्ने भएको छ ।
देशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्दै आएकोमा आजदेखि धेरै ठाउँमा पानी पर्न सुरु हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका धेरैजसो पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आज प्रदेश–१, बाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने महाशाखाको भनाइ छ ।















प्रतिक्रिया