५ कार्तिक २०८३, बिहिबार

कामना सेवा विकास बैंकद्वारा नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट सिराहाको लक्ष्मीपुर पतारी गा.पा.वडा नंं ४ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

लक्ष्मीपुर पतारी गा.पा.वडा नंं ४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

लक्ष्मीपुर पतारी गा.पा.वडा नंं ४ का वर्तमान मेयर रामवलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत व्यवसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।