५ कार्तिक २०८३, बिहिबार

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् ।

फोनपेको सञ्चालक समितिले वुधबारदेखि लागु हुनेगरि सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए ।

उनी यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ । आइटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवाप्रदायकका मोबाईल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ ।

साथै फोनेमार्फत अन्तर बैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवाप्रदायक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवाप्रदायकका मोबाईल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।