५ कार्तिक २०८३, बिहिबार

बैंक अफ काठमाण्डू बैंकको नयाँ शाखा कास्कीको बगरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ०१, बगरस्थित बगर शाखाको स्थापना भएको छ ।

बिहीबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उद्घाटन भएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, बैंकले यस गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्यबमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आमजनमानसहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै बैंकको प्रशंसा गरे ।

साथै, यस शाखा कार्यालयले स्थानीय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।