३ मंसिर २०८३, बिहिबार

सिभिल अस्पतालका निर्देशक डा. पौडेलले गरे ब्रम्हलुट, सेटिङमाथि सेटिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख। सरकारी स्वामित्वमा रहेको निजामति (सिभिल) अस्पताल वानेश्वरका निर्देशक डा. विधाननिधि पौडेलले ब्रम्हलुट मच्चाएको आरोप लागेको छ। उनले नियमविपरित काम गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागले छानबिनको तयारी गरेको छ।

अस्पतालको सामान खरिद प्रकरणमा डा. पौडेलको मनोपोली चलेको बताइएको छ। स्रोतका अनुसार ठेक्का प्रक्रिया सुरु हुनुपूर्व नै विभिन्न सप्लायर्सहरूँग बार्गेनिङ गरेका पौडेलले आफूलाई कमिशन दिने कम्पनीका स्पेक ल्याई त्यहिनुसार टेन्डरको डकुमेन्ट तयार पार्ने गर्छन्।

‘कम्पनीका स्पेकअनुसार नै टेन्डर तयार पारी उनीहरूलाई दिने काममा डा. विधाननिधि पौडेल सक्रिय छन्। यो सरासर नियमविपरितको काम हो’, उच्च स्रोतले भन्यो,‘यसबारेमा अख्तियार र सम्पत्ति शुद्धिकरण विभागलाई पनि जानकारी दिइएको छ।’

उनले सप्लयार्स कम्पनीका कार्यालय पुगेर र कतिपयसँग होटल र रेष्टुरेन्टमा बार्गेनिङ गर्दै आएको आरोप पनि लागेको छ।

हालै मात्र उनले छोरीको विवाहमा अस्वभाविक खर्च गरेका थिए। तर, त्यो खर्च आफूले नभई सप्लायर्सहरूसँग आर्थिक लाभ लिएर गरेको बताइएको छ। विवाहमा पनि सामान सप्लायर्सलाई नै महत्वका साथ उनले निमन्त्रणा गरेका थिए।

डा. पौडेलले गरेका आर्थिक अनियमिततासहित विभिन्न प्रकारका घटनाक्रमलाई अनुसन्धानका लागि अख्तियार र सम्पत्ति शुद्धिकरणले नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालाई अनुरोध गरेको बताइन्छ।

हालै मात्र टेण्डर ओपन भएका बिभिन्न खरिद सामानमा स्पेक मिलाएर मूल्य समेत अस्वाभाविक राखेका पौडेलले अस्पतालमा गठन भएको खरिद सम्बधि निर्णय गर्ने कमिटीलाई समेत बेवास्ता गर्दै ठेक्का प्रक्रिया आफ्ना सेटिङका मान्छेलाई दिन आफै सही गर्दै निर्णय गर्ने गरेका छन्।

उनको यस्तो रवैयाबाट अस्पतालका कर्मचारी डाक्टर सबै आजित भैसकेका छन्।