६ कार्तिक २०८३, शुक्रबार

पत्रकार पौडेललाई आर्थिक सहयोग प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन डीसी, १४ वैशाख । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इञ्जाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

इञ्जा एशियाका उपाध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार न्यौपाने लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस)मा उपप्रमुख समाचादाताको रुपमा कार्यरत छन् । टिचिङ अस्पतालमा उपचार गराइरहेका भएका न्यौपानेलाई उक्त रकम इञ्जा ग्लोबलका सचिव दीपक रिजालले हस्तान्तरण गरेका थिए ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इञ्जाले विपतमा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इञ्जा ग्लोवलका अध्यक्ष गुणराज लुइँटेलले जानकारी गराएका छन् । अध्यक्ष लुइँटेलले बरिष्ठ पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

रकम हस्तन्तरणपछि वरिष्ठ पत्रकार न्यौपानेले इञ्जाले आफूलाई सहयोग गरेको धन्यवाद ज्ञापन गरेका छन् । पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनु पर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।