
काठमाडौँ, १३ वैशाख । माछापुच्छ्रे बैंक लि. ले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनवा बा्रन्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने ब्यवस्था गरेको छ ।
माछापुच्छ्रे बैंकले बीएचसी इन्टरनेशनल प्रा.लि.सँग सम्झौता गरि बैंकको इन्स्टापे सुविधामार्फत इलेक्ट्रोनिक ओकिनवा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको हो ।
उक्त सम्झौता पत्रमा बीएचसी इन्टरनेशनल प्रा.लि.को तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लि रामगिरीले हस्ताक्षर गरेका थिए ।
पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्देश्य एवम् वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
बीएचसी इन्टरनेशनल प्रा.लि.सँगको सम्झौतापछि बैंककाग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि ० प्रतिशत ईएमआईमा इन्स्टापेमार्फत ओकिनवा बा्रन्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्नेछन् ।
साथै बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा बीएचसी इन्टरनेशनल प्रा.लि. को नेपालस्थित सबै सोरुममार्फत प्रदान गरिनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाखभन्दा बढि ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ वटा एटीएमहरु संचालनमा रहेको छन् ।















प्रतिक्रिया