३ मंसिर २०८३, बिहिबार

स्थानीय तहमा उम्मेदवारी दिएका विप्लवका नेतालाई फिर्ता लिन अर्को पक्षको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख। स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अर्को पक्षका नेताले फिर्ता लिन निर्देशन दिएका छन्।

विप्लव समूहको आन्तरिक खटपटको विवरण सतहमा आएका बेला हेमन्तप्रकाश वली पक्षका नेता धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गरी नै यस्तो निर्देशन दिएका हुन्।

रोल्पाका १० पालिकामध्ये ९ पालिकामा सबै पदाधिकारी, वडाध्यक्ष र सदस्यमा विप्लव समूहका नेताहरूले उम्मेदवारी दिएका छन्। लिवाङ नगरपालिकामा भने वडा नम्बर १० को वडाध्यक्षमा मात्रै उम्मेदवारी दिएका छन्।

रोल्पाको गंगादेव गाउँपालिकामा उम्मेदवारी चुडामणि वली नेकपाका केन्द्रीय सदस्य हुन्। नेता धर्मेन्द्रल बास्तोलाले विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने, पार्टीका सदस्यहरू स्वतन्त्ररुपमा उठ्न सक्ने पार्टीको नीति भएको भन्दै नेतृत्व तहमै भएकाले उम्मेदवारी दिनु गतल भएकोले फिर्ता लिन निर्देशन दिएको जनाएका छन्।