९ कार्तिक २०८३, सोमबार

एमालेको विजय यात्रा सुरु, ताप्लेजुङमा वडाध्यक्षसहितको टिम निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १२ वैशाख । नेकपा (एमाले) ले विजयी यात्रा सुरु गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै विजय हासिल गरेको छ ।

उम्मेदवार मनोनयनको चटारोमा दलहरु रहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पा निर्विरोध वडाध्यक्ष बनेका हुन् ।

उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

छेतेन ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष बनेका हुन् ।

त्यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्विरोध भएका छन् ।

गाउँले तय गरेको उम्मेदवारबाहेक गाउँमा अन्य उम्मेदवार नहुने भएपछि छेतेन निर्विरोध निर्वाचित भएका हुन् ।

सम्बन्धित

https://www.dainiknepal.com.np/2022/04/553364.html

 

https://www.dainiknepal.com.np/2022/04/553392.html