९ कार्तिक २०८३, सोमबार

झापा बाह्रदशी माओवादीमा विद्रोहः जिल्ला नेता तिवारीसहितले छोडे पार्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ वैशाख । नेकपा माओवादी केन्द्रका झापा जिल्ला समन्वयसमिति सदस्य, बाह्रदशी सह–ईन्चार्ज तथा पूर्व बाह्रदशी नेकपा सचिवले पार्टी आफुहरूलाई गम्भीर अन्याय गरेको भन्दै राजिनामा दिने भएका छन् ।

बाह्रदशीका पुराना कम्युनिस्ट नेता तथा स्थानिय स्तरमा राम्रो जनमत र लोकपृय नेताले राजीनामा दिने भएपछि बाह्रदशीमा कांग्रेस माओवादी गठबन्धनलाई गम्भीर धक्का लाग्ने छ ।

पार्टीले आफुहरूलाई बारम्बार हेप्ने र चाकरी पनालाई मात्र स्थान दिने गरेकाले अब यस्तो अन्याय सहेर बस्न नसकिने बताएका छन् ।

अब तपाईं हरूको योजना के हुन्छ भन्ने पश्नमा तिवारी भन्छन्, “साथीहरूसँग छलफल गरेर आज के रणनीति बाट अघि बढ्ने भन्ने निर्णय गर्छौ, सम्भवत हामी स्वतन्त्र हैसियतबाट चुनाव लड्न सक्छौँ ।”

तिवारी बाह्रदशीमा रहेको पाँच सय बढि सेयर सदस्य भएको घरबगैंचा कृषि सहकारी संस्थाका स्थापना कालदेखिका सर्वसम्मत अध्यक्ष समेत हुन् । उनी गत कार्तिकमा चौथो कार्यकालका लागि सर्वसहमत अध्यक्षमा आएका हुन् ।