५ कार्तिक २०८३, बिहिबार

शेयर बजारमा टिकेन उत्साह, ३४ अंकले घट्यो नेप्से

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । साताको दोस्रो दिन सोमबार शेयर बजार पुनः घटेको छ । आइतबार ९५ अंकले बढेको नेप्से परिसूचक आज ३४ अंकले घटेको छ ।

सोमबार ३४.९५ अंकले घटेर नेप्से २३८६.०२ अंकमा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, आज विभिन्न कम्पनीका ५० लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब २ अर्ब ४ करोडको कारोबार भएको छ ।