५ कार्तिक २०८३, बिहिबार

एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । एनएमबि बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मतीमा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक रामसिंहासन रायको उपस्थितिमा विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको क्रममा बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए । बैंकले स्कुल ब्यागहरु, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहजहुने विश्वास व्यक्त गरे ।

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु,१३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।