९ कार्तिक २०८३, सोमबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी – देश नर्कमा जाँदैछ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ११ वैशाख । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्।

ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ। हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।

हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन। उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन्। र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्, उनले भने ।

जबकि रूसी राष्ट्रपति भ्लादिमिरे पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन्। उनले थपे, ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन्।

मङ्गलबार, द हिलले दुई स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ-बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुनस् चुनाव लड्न लागेको कुरा बताएका थिए। बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् ।

ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्याली सम्भावनाको सङ्केत दिएका छन्। –रासस