
काठमाडौँ, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
सत्तारुढ गठबन्धन दलहरुबीचको सहमतिबाट असन्तुष्ट बन्दै उनले जसपा छोडेका थिए ।
जसपाबाट मेयर पदको दावेदार यादवले गठबन्धनले अन्य दललाई मेयर दिएको भन्दै विरोध जनाएका थिए ।
आइतबार उनले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।















प्रतिक्रिया