
काठमाडौँ, १० वैशाख । यो साता नेपाली बजार सुनको मूल्य ११०० रुपैयाँले घटेको छ ।
गत आइतबार प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा एक लाख ९०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घटेकोे हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ ।















प्रतिक्रिया