५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकद्वारा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने त्रममा आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा ल्याएको छ ।

यहि वैशाख ७ गते बैंकले आफ्नो १५ औं वार्षिकोत्सव मनाउँदैछ ।

नागरिक एपमार्फत खाता खोल्नका लागी ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एपमार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ । त्यसपछि स्क्रीनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ ।

सो प्रकिृया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरु आफैँ अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नुहुनेछ ।

आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले ई. के. वाई. सी. तथा कियोस्क सेवाको सुरुवात गरिसकेको छ ।

कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नु हुनेछ ।

साथ साथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१-५९७००६८ नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।