११ कार्तिक २०८३, बुधबार

अवैध लागूऔषध सहित एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ५ वैशाख । पोखरा महानगरपालिका-६ खहरेस्थित रेम्बो रेष्टुरेन्टबाट करिब ४ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाडौं घर भएका ३५ वर्षीय निराज डंगोललाई
आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा शंकास्पद रूपमा बस्दै आएका डंगोललाई प्रहरीले आवश्यक सोधपुछ  एवम् जाँच गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा फेला परी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।