११ कार्तिक २०८३, बुधबार

गंगालाल अस्पतालका कर्मचारीद्वारा पेन डाउन गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

उनीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सेवा शर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौं संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै विरोध जनाउँदै कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले संशोधन प्रक्रिया नटुंगिदासम्म पेन डाउनसम्मको चेतावनी दिएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

विरोध स्वरुप उनीहरुले हातमा कालो पट्टी बाँध्ने कार्यक्रमसहित पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफ्ना माग पुरा गर्नका लागि संघले अस्पताल व्यवस्थापन पक्षलाई १४ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

९ वैशाखसम्म पनि संशोधनको प्रक्रिया नसके सबै कर्मचारीहरुले कालो पट्टीसहित व्यवस्थापनको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिने, ११ गतेसम्म संशोधन नभए धर्नासहित पेन डाउन गर्ने, १४ गतेसम्म पनि नभए व्यवस्थापनको कार्यालयमा धर्नासहित तालाबन्दी गर्ने कार्यक्रम उनीहरुले तय गरेका छन् ।