३ मंसिर २०८३, बिहिबार

निलम्बनमा परेका गभर्नर अधिकारीको रिटमाथि भोली सुनुवाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख। निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले पदबहालीका लागि सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाई भोली (मंगलबार) हुने भएको छ।

गभर्नर अधिकारीमाथिको रिटको सुनुवाइ एकल इजलासमा हुने गरी मंगलबारका लागि पेशी तोकिएको सर्वोच्चले जनाएको छ। सरकारले सुरु गरेको जाँचबुझ प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा आइतबार निवेदन लिएर पुगेका अधिकारी छानबिन समिति गठन भएपछि स्वतः निलम्बनमा छन्।

गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्य समिति गठन गरेको थियो। सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गरेर गभर्नर अधिकारीको निवेदनमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ।