३ मंसिर २०८३, बिहिबार

इटहरीको नेतृत्व कांग्रेसले नपाए सामूहिक बहिष्कार, माओवादीबाट डाँगी र चुडालको चर्चा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिका इञ्चार्ज चुडाल

इटहरी, ५ वैशाख। आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको प्रमुखको साझा उम्मेदवार नेपाली कांग्रेसको भागमा नपरे सामूहिक बहिष्कारको तयारी भएको छ।

अघिल्लो चुनावमा एमालेसँग ‘नेक टु नेक’ प्रतिस्पर्धा गरेको कांग्रेसले गठबन्धनका तर्फबाट त्यस्तो निर्णय नआए स्थानीय कमिटीले सामूहिक बहिष्कार गरी उम्मेदवार घोषणाको तयारी गरेको छ।

‘हामी नेतृत्वको तयारीमा थियौं, त्यो अभ्यास पनि गरिरहेका छौं। तर, छलछाम गरी अर्को पार्टीलाई दिने काम भयो भने त्यो सहमति मान्न हामी बाध्य हुनेछौं’, स्थानीय एक नेता भन्छन्,‘प्रमुखको पद कांग्रेसलाई दिए उपप्रमुखसहित वडाध्यक्षमा भागवन्डा मान्न सकिन्छ।’

यता नेकपा माओवादी केन्द्रको स्थानीय कमिटीले पनि मेयरका दुई उम्मेदवारको नाम तय गरेको छ। माओवादीका तर्फबाट प्रदेश कमिटी उपाध्यक्ष शिवकुमार डाँगी र इटहरी उपमहानगर इञ्चार्ज मदन चुडालको नाम चर्चामा छ।

गठबन्धन नहुने अवस्था आएको खण्डमा डाँगी र चुडाल मध्य एक जनालाई उम्मेदवार तय गरी माओवादी चुनावी मैदानमा उत्रिनेछ।