५ कार्तिक २०८३, बिहिबार

मुक्तिनाथ बैंकको ‘क्रमिक बचत खाता’मा मुद्दती खाताकै ब्याज पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषताहरुलाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्ष देखी १० वर्ष अवधिसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरकै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ ।

यो खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाईर् प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटीएमस बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।