५ कार्तिक २०८३, बिहिबार

नयाँ वर्षको अवसरमा इसेवा मनि ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । विश्वभरका दुई सय बढि मुलुकबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव”सार्वजनिक गरेको छ ।

यो योजना वैशाख १ गतेदेखि सुरु भइ साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ । रेमिटोत्सवमा दैनिक १ जनाले ५,००० तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५०,००० को उपहार प्राप्त गर्नु हुनेछ । यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागु हुनेछ ।

जस अन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् ।

यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागु हुनेछ । त्यस्तै, विजेता स्वयम् उपस्थित हुन नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनित व्यक्तिले उपहार दावी गर्न सकिनेछ ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवामनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटिमार्फत समेत सार्वजनिक गरिनेछ ।

रेमिटोत्सव योजनाबारे इसेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले भने, “इसेवा मनी ट्रान्सफरले नयाँवर्षको अवसर पारि देश तथा विदेशमा रहेका नेपालीहरुबीच खुशी साटासाट गर्न रेमिटोत्सव लिएर आएको हो ।

यस योजनामार्फत, हामीले घट्दो क्रममा रहेको वैदेशिक मुद्राको भरपाई गर्न वैधानिक रुपमा रेमिट्यान्स भित्र्याउँदै, समग्र रेमिट्यान्स क्षेत्रमा टेवा पुर्याउने र यस माध्यमबाट देशको आर्थिक अवस्थालाई समेत सुधार उन्मुख बनाउन मद्दत पुर्याउने लक्ष्य लिएका छौँ”।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ । इसेवामनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १८ हजारभन्दा बढी एजेण्ट÷नेटवर्क मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ईसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।