
सुनसरी, २ वैशाख । धरान उपमहानगरपालिका-४ देविस्थानस्थित सडकमा को २ ह ७०४१ नम्बरको ट्याम्पो र को १ ख ४४८० नम्बरको बस एकआपसमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना
हुँदा ट्याम्पो चालक धरान उपमहानगरपालिका- १७ रेल्व बस्ने ४० वर्षीय खड्क बिकको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम गाउँपालिका-२ बस्ने १५ वर्षीया उसा लिम्बुको घोपा धरानमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया