३ मंसिर २०८३, बिहिबार

माधव नेपालको पार्टीले हैसियतभन्दा बढी सिट मागेको प्रचण्डको ‘ब्रिफिङ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थानीय चुनावमा हैसियतभन्दा बढी सिट मागेको ब्रिफिङ गरेका छन्।

शुक्रबार खुमलटारमा बसेको माओवादीका पूर्वस्थायी समिति सदस्यसहितको बैठकमा चुनावी रणनीतिका विषयमा कुराकानी गर्दा प्रचण्डले त्यसो भनेका हुन्। गठबन्धन सहज नभएको सुनाएका उनले नेकपा एकीकृत समाजवादीसँगै जनता समाजवादी पार्टीले पनि हैसियतभन्दा बढी माग गरिरहेको सुनाए।

उनले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले गठबन्धनलाई असर गर्नसक्ने उल्लेख गर्दै प्रतिस्पर्धा पनि हुनसक्ने बताएको स्रोतको दाबी छ।