११ कार्तिक २०८३, बुधबार

बारामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, १२ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, आधाभार जंगलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाईंको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका जीपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

आज बिहान करिब पौने ९ बजे सिमराबाट हेटौँडातर्फ आउँदै गरेको बा१९च ४३७७ नम्बरको जीप अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय अमलेखगन्जले जानकारी दिएको छ ।