११ कार्तिक २०८३, बुधबार

पूर्वराजा शाहले नयाँ वर्षको शुभकामना दिँदै भनेः राष्ट्रिय अस्मिताप्रति सधैँ चनाखो हुनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले मित्र राष्ट्रहरु प्रतिको नीतिले राष्ट्रिय अस्मितामा हुने सक्ने प्रभाव प्रति नेपालीहरु चनाखो हुनुपर्ने बताएका छन् ।

बिहीबार नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।