५ कार्तिक २०८३, बिहिबार

एनआईबिएलएस क्याप्टिलको नयाँ वर्ष २०७९ को यस्ता छन् अफरहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएलएस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ ।

यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छ:

– मात्र रु. २००० मा जीवनभरलाई डिम्याट र मेरो शेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुवैलाई लागु हुने

– लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट

– व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका

यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।