
काठमाडौँ, ३० चैत । ग्रेट वालमोटर (जिडब्लुएम) नेपालले नयाँवर्ष २०७९ को अवसरमा ग्राहकहरुको लागि ४ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट/निःशुल्क एक्सेसोरिज/एक्स्चेन्ज बोनस/निःशुल्क इन्स्योरेन्स/रोड ट्याक्स/स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु‘ग्रेट ड्राइभ ग्रेट डिल’योजनाअन्तर्गत प्रदान गर्दैछ ।
यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छ ।
थप रुपमा, ग्राहकहरुले वैशाख ३१, २०७९ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जिडब्लुएम–नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउन सक्नुहुनेछ ।
ग्रेटवाल मोटरको बारेमाः
ग्रेट वालमोटर नेपालले हाभलएच६, हाभल जोलायन,र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।
विश्वव्यापी बजार अनुसार ग्रेट वालमोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् ।
साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जिडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।
भि.जी. इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौँदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यीलोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ ।
ग्रेट वालमोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।
















प्रतिक्रिया