
खोटाङ, ३० चैत । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् ।
शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको हो ।















प्रतिक्रिया