
काठमाडौं, ३० चैत । ललितपुरको झम्सीखेलस्थित बिग मार्टअगाडि आसन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।
करीब १ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको लाउञ्ज नयाँ वर्ष २०७९ को अवसर पारेर आज बुधबारदेखि सञ्चालनमा ल्याइएको छ । अभिनेता सलोन बस्नेत र उनका साथी रबिन कँडेलले बार सञ्चालनमा ल्याएका हुन् ।
हरेक दिन लाइभ म्यूजिक हुने बारमा सफिक हप ब्यान्डले गीत गाउने छन् । ब्यान्डको‘ वकिङ फिलिली बोलको गीत चर्चामा छ ।
बारमा इन्डियन, चाइनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ,’ उनले भने ।















प्रतिक्रिया