५ कार्तिक २०८३, बिहिबार

अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । पोखरा सराङ्कोट स्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागतसँगै २०७८ साललाई अविस्मरणीय एवं मनोरन्जनात्मक रुपले विदाई गर्न यही चैत २९, ३० र नयाँ वर्ष वैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कृयाकलाप आयोजना गर्ने भएको छ ।

जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुती रहने छ ।

काठमाडौँमा रहेको जोशी क्याफेको दुईवटा आउटलेटमार्फत प्रवाह गरिरहेको सेवा सुविधाबाट उपभोक्ताहरु माझ उत्कृष्ट छाप पार्न सफल यस क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यका बाहिर पहिलो शाखा मुलुककै पर्यटकीय नगरी पोखरामा सेवा सुरुवातको पूर्व सन्ध्यामा पोखरेलीबासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई यस क्याफेबाट दिईने सेवा सुविधाको विशेष अवसरको भरपूर आनन्द एवं सन्तुष्टि लिई नयाँ वर्ष २०७९ को स्वागत एवं २०७८ को विदाई अनुरोध गर्दछ ।