५ कार्तिक २०८३, बिहिबार

सेगवे–नाइनबटद्वारा नेपालमा स्मार्ट ईलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक, यस्ता छन् विशेषता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने ई–स्कुटर ब्रान्ड हो । नेपालमा सेगवे ई–१२५को विक्री यही चैत १९ देखि वारेन्टी सहित शुरु भईसकेको छ । नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु प्नि सार्वजनिक गर्ने बताएको छ ।

सेगवे ई–१२५

ईलेक्ट्रिक स्कुटर ई–१२५ संयुक्त राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेक्ट्रिक स्कुटर सेगवे नाइनबटद्वारा बनाइएको ई श्रृङखलाअन्तर्गतको पहिलो स्कुटर हो ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रति घण्टा ७५ कि.मी. सम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० बाट बोस्क ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ ।

ड्राइभिङ दायराका लागि ७४ भी र २७एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागिडबल ब्याट्री स्पेस पनि छ । स्कुटरसँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् ।

बोस्कको १०औँ पुस्ताको डुअल च्यानल एबिएस ब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्दछ ।

आईपीएक्स५ वाटर प्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ ।

सेगवे इ–१२५ दूई भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको नेपाली मूल्य रु. ३,९१,००० तोकिएको छ ।

मुख्य विशेषताहरुः

– डाइमेन्सनः १७४५८६७५८१२००एमएम
– नेट वेटः ८८ के.जी
– ग्राउन्ड क्लियरेन्सः १३५ एमएम (५.३२ ईन्च)
– प्याटेन्टेड एन्टी स्कीड ट्युबलेस टायर्स
– हाईड्रलिक स्प्रीङ्ग ड्याम्पिङ्ग
– फ्रन्ट डिस्क, रेयर डिस्क
– म्याक्स स्पीडः ७५ कि.मी/प्रतिघण्टा
– म्याक्स पावरः ३६०० वाट
– टेलर्ड लिथियम ब्याट्री
– चार्जिङ टाईम ः ५–६ घण्टा
– आईपीएक्स५ (ब्याट्री– आईपीएक्स७)
– २४०० वाट ब्रशलेस ईलेक्ट्रिक मोटर
– म्याट्रिक्स एलईडी हेडलाईट एण्ड एलईडी टेल लाईट
– डिजिटल डिस्प्ले
– रिमोट की कन्ट्रोल
– यूएसबी चार्जिङ पोर्ट
– २२ लि. अन्डर सीट स्टोरेज स्पेस

सेगवे नाइनबटको बारेमा:

छोटो दुरीका लागि उपयोगी सवारी साधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्त राज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो ।

यो व्यवसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारी साधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनीहो । नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

२०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो । हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् । विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ ।

सेगवे–नाइनबटको नेपालका लागि आधिकारिक आयात कर्ता तथा वितरक आइहव प्रा. लि. हो ।