५ कार्तिक २०८३, बिहिबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा १२.५ प्रतिशतको विशेष छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई स्पेशियल प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने स्पेशियल प्याकेजमा १२.५% को विशेष छुट प्रदान गरिएको होे ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।