
काठमाडौँ, २९ चैत । एनएमबि बैंक लि., हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा मोदी जलविद्युत कम्पनी लि. बीच ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त/समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।
माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंक लि.को अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ ।
मोदी जलविद्युत कम्पनी लि. को मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत रु. ९ अर्ब ८ करोड रहने जानकारी गराईएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भारोमेन्टल एण्ड सोसल रिस्क म्यानेजमेन्ट, २०२२ को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । उक्त पत्रिकाद्वारा एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मापनिचार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्त गरी सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया