५ कार्तिक २०८३, बिहिबार

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ ।

नर्भिक अस्पतालले आगामी वैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिबार(१६ अप्रील)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो ।

क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरुलाई एकैपटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु डा. एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा.श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ ।

क्यान्सर विशेषज्ञहरुको यो टिमले शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ ।

नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिंदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक हप्ताको शनिवार विशेषज्ञहरुलाई निःशुल्क ओपिडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको वृहत क्याम्प नै संचालन हुन लागेको हो ।

क्यान्सर स्क्रिनिङको वृहत क्याम्पमा सहभागी भई निःशुल्क सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।